के चन्द्रमामा पानी छ?
चन्द्रमा सुक्खा छ र त्यहाँ पानी लामो समय सञ्चित रहने अवस्था पनि छैन भन्ने मान्यता गलत भएको छ । पहिलेको अनुसन्धानहरुले चन्द्रमा जीवन उपयोगी नभएको निष्कर्ष दिएका थिए । समय र बिचार फेरीएको छ । सम्भवतः अर्बौ वर्षदेखि चन्द्रमामा लुकेको रहस्य खुल्दैछ । अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले हालै एक नौलो अनुसन्धान बाट चन्द्रमामा पानी रहेको पुष्टि गरेको छ । नासाको खुलासाबाट वैज्ञानिकहरु र खगोल विज्ञानमा रुचि राख्नेहरु उत्साहित भएका छन् ।
एकपछि अर्को खोजको क्रममा नासाले चन्द्रमाको बारेमा हाम्रो ज्ञानमण्डलमा नयाँ अध्याय नै जोडिदिएको छ । नासाले पठाएको Lunar CRater Observation and Sensing Satellite (LCROSS) बाट प्राप्त प्रारम्भीक तथ्यंकको विश्लेषणबाट चन्द्रमामा पानी छ भन्ने रहस्य खुलेको छ । गत अक्टोबर 9 मा नासाले चन्द्रमाको सधै अन्धकारमा रहने दक्षिण ध्रुविय क्षेत्र काब्युस क्रेटरमा यान नै ठोक्काएको थियो । सतहमुनि पक्कै पानि हुनुपर्छ भन्ने अनुमान गरि नासाले LCROSS यान ठोक्काएको हुनाले ठूलो विस्फोट भएर सतह फाट्यो र पानिको वाष्प बाहिर निस्कियो । ठोक्कइले क्रेटरको मुनिबाट वाष्प, धुलो, र अन्य भारी वस्तु बाहिर निस्किएको थियो । यी वस्तुले अर्बौ वर्षदेखि सौर्य प्रकाशदेखेको थिएन । चन्द्रमाको ध्रुविय क्षेत्रमा ठूलो मात्रामा हाइड्रोजन ग्यास देखिएकाले वैज्ञानिकहरु धेरै पहिलेदेखि त्यस ग्यासको स्रोत खोज्नमा लागेका थिए । नयाँ अभियानले पानीको संकेत गरेपछि हाइड्रोजन ग्यासको स्रोतको रुपमा यसलाई हेरिएको छ । LCROSS यानले पठाएको तथ्यांकले त चन्द्रमाको धेरै ठाउँमा पानी हुन सक्ने देखाउछ ।
चन्द्रमामा मात्र होइन सौर्यमण्डलमा जहाँ कहीं कहिल्यै घाम नलाग्ने स्थानछन् त्यहाँ इतिहासको मुख्य रहस्य लुकेको हुनसक्ने वैज्ञानिकहरुको मान्यता रहिआएको छ । घाम नलाग्ने अँध्यारो क्षेत्रको अध्ययनबाट सौर्यमण्डलको विकासक्रम बुझ्न सकिने हुनालेनै वैज्ञानिकहरुले पृथ्वीको सतहको कयौं मिटरमुनिबाट बरफको नमुना संकलन गरी अनुसन्धान गरिरहेका छन् ।
LCROSS बाट तथ्यंक प्राप्त भएदेखी वैज्ञानिकहरु अहोरात्र त्यसको विश्लेषणमा लागेका छन् । र यसबाट नै थप रहस्य अगाडि आउन सक्छ । यानको स्पेक्टोमिटरले चन्द्रमामा पानी रहेको संकेत दिएको हो । सन् 2009, जून 18 मा नासाको केनेडी स्पेस सेन्टरबाट LCROSS लाई लुनार रिकनसिनेन्स अर्बिटरसँगै प्रक्षेपितगरिएको थियो ।
सय ६७ लाख डलरको कचौरा !
एउटा माटोको कचौराको मुल्य कति पर्ला ? तपाईको सहज उत्तर हुनसक्छ केही सय रुपैयाँसम्म । तर, चिनियाँ माटोको एउटा कचौरा भने २ सय ६७ लाख डलरमा विक्री भएको छ ।
चीनमा सङ वंशको एक पुरानो कचौरा यति महंगो मूल्यमा विक्रि भएको हो । लगभग ९ सय वर्ष पुरानो चिनियाँ माटोको कचौरा हङकङको सूदबीजमा लिलामी गरिएको थियो ।
फूलको आधारमा ढालिएको उक्त कचौरा निकै दुर्लभ मानिएको छ। उक्त कचौरा जापानका एक व्यक्तिले लिलामीमा तोकिएको भन्दै तीन गुणा बढी मूल्यमा किनेका हुन् । टेलिफोनबाट बोली लगाएका उनको परिचय भने सार्वजनिक गरिएको छैन ।
बाघको दूध पोषिलो कि मुसाको
पि्रय उपमा,न्यानो माया तिमीले पठाएको इमेल पाउँदा धेरै खुसी लाग्यो। किशोरावस्थाका केटाकेटीका विषयमा जानकारी लिई आफ्नो दैनिक जीवन सहज बनाउने तिम्रो प्रयास प्रशंसनीय छ। यसपटक तिमीले एकैसाथ थुप्रै जिज्ञासा लेखेर पठाएकी रहेछ्यौ। आफ्नो स्वास्थ्य र विकासका सम्बन्धमा जान्ने तिम्रो विचारको प्रशंसा गर्दै म सबै जिज्ञासाको उत्तर पटक-पटक गरी दिँदै जानेछु। यसपटक म तिम्रो खुल्दुली 'बाघको दूध पोषिलो कि मुसाको ?' भन्ने विषयमा केन्दि्रत भएकी छु।a
हरेक स्तनधारी जीवको दूध बच्चाका लागि अत्यन्त पोषिलो हुन्छ तर बिर्सन नहुने कुरा के हो भने आफ्नी आमाको दूध कुनै पनि जीव वा मनुष्यका लागि अन्य दूधभन्दा बढी पोषिलो हुन्छ। यसको अर्थ सबैभन्दा बलियो जीव बाघको दूधमा बढी पोषण तत्व हुने तर सानो वा कमजोर जीवको दूधमा पोषण तत्व कम हुने होइन। त्यसैले सानो तथा कमजोरको उदाहरणका रूपमा तिमीले लिएको मुसाको दूध अवश्य पनि उसको बच्चाका निम्ति कम पोषिलो हुँदैन। हरेक जीवको दूध उसको सन्तानका लागि उपयुक्त हुने गरी बनेको हुन्छ।
यसैसँग जोडिएको तिम्रो अर्को जिज्ञासा 'शिशुलाई स्तनपान गराउँदा आमाको स्वास्थ्य तथा सौन्दर्यमा प्रतिकूल असर पर्छ कि' भन्ने विषयमा स्वास्थ्य विशेषज्ञहरूको विचार यस्तो छ-'बालकलाई जन्मिएको २ वर्षसम्म स्तनपान गराउनुपर्छ।' यही सन्दर्भमा म के भन्न चाहन्छु भने शिशु जन्मनासाथ उसले आमाको दूध खान पाउनुपर्छ। यो शिशुको जन्मसिद्ध अधिकार हो। कुनै पनि शिशु आफ्नो खुसीले पृथ्वीमा जन्मिएको हुँदैन। मानिसहरू सन्तान आफ्नो रहरले जन्माउँछन्। आफ्नो रहरबाट प्राप्त गरिएको सन्तानप्रति उनीहरूको कर्तव्य पनि उत्तिकै गम्भीर हुन्छ भन्ने कुरा कसैले बिर्सनु हुँदैन। अर्को महत्त्वपूर्ण कुरा शिशुलाई स्तनपान गराउँदा आमाको सौन्दर्य कम हुन्छ, उनी छिट्टै बूढी हुन्छिन् भन्ने कुरामा पनि कुनै सत्यता छैन। यो गलत मानसिकताको सोच मात्र हो। सृष्टिले हरेक स्तनधारी जीवका लागि आफ्नो सन्तानलाई ख्वाउन दूध बनाएको हुन्छ। तसर्थ दूध ख्वाउँदा बच्चा बलियो हुनुका साथै आमालाई पनि सकारात्मक प्रभाव पर्छ। स्वास्थ्य एवं सौन्दर्यमा स्तनपान नगराउँदा नकारात्मक असर पर्न सक्छ।
शिशुलाई दूध ख्वाउने आमाले कम्तीमा २ छाक पेटभरि पोषिलो खाना खान पाउनुपर्छ। विश्वभरका स्वास्थ्य विशेषज्ञहरू स्तनपानको महिमा गाउँदै हिँडेका छन्। किनभने स्तनपान शिशुका लागि ज्यादै आवश्यक कुरा हो। स्तनपानको महत्त्व वैज्ञानिक तथा सामाजिक रूपमा प्रमाणित भैसकेका कारण यसको वकालत सबै क्षेत्रबाट हुन थालेको छ। यस विषयमा आवश्यक जानकारी नपाएका कारणले मात्र आमाहरू आफ्ना सन्तानलाई दूध चुसाउने कुरामा महत्त्व दिँदैनन्। अब हरेक सचेत किशोर-किशोरीले यसको महत्व बेलैमा थाहा पाइराख्नुपर्छ र अरूलाई समेत जानकारी गराउनुपर्छ।
बाहेक स्तनपान गराउँदा अन्य धेरै प्रकारका फाइदा हुन्छन्। नवजात शिशुलाई जन्मिएको एक घन्टाभित्रै छातीमा टाँसी दूध चुसाउँदा आमाको दूध बढी पगि्रन्छ। सुत्केरी आमाको पाठेघर खुम्चन मद्दत पुग्नुका साथै अति रक्तस्राब हुने खतरा कम भई साल छिटो र्झन मद्दत पुग्छ। शिशुलाई स्तनपान गराउने महिलालाई अन्य महिलाको तुलनामा स्तन क्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ।
शिशुलाई आमाको पहेंलो बिगौती दूध ख्वाउनुपर्छ। बिगौती दूध अत्यन्त पोषिलो हुन्छ। जन्मिएको ६ महिनासम्म शिशुलाई आमाको बाहेक अन्य कुरा नख्वाउनु नै राम्रो हुन्छ। यसो गर्दा झाडापखाला तथा अन्य रोग लाग्ने सम्भावना कम हुन्छ। यो उमेरका शिशुलाई आमाको दूधबाहेक अन्य कुनै खाने कुरा तथा पानी ख्वाउन आवश्यक हुँदैन। कम तौलको शिशुले लगातार धेरै बेर दूध चुस्न सक्दैन। त्यसैले कम तौलका शिशुलाई छिनछिनमा थोरैथोरै बेर दूध चुसाउनुपर्छ।
शिशुको उमेर छ महिना पुगेपछि आमाको दूधका साथै अन्य खाना पनि दिनुपर्छतर शिशुको उमेर २ वर्ष नपुगेसम्म आमाको दूध छुटाउनु हुँदैन। आमाको दूध खाएका शिशुहरू गाईवस्तु वा बट्टाको दूध खाएका शिशुको तुलनामा स्वस्थ हुन्छन्। आमाको दूध शिशुले सजिलै पचाउँछन्। शिशुले जनावरको दूध तथा बट्टाको दूध आमाको दूधजस्तो सजिलै पचाउन सक्दैन। आफ्नो शरीरलाई उपयुक्त पोषण तथा झोल तत्व शिशुले केवल आमाको दूधमा पाउन सक्छ। आमाको दूधले एन्टिवायोटिकको काम गर्छ। यस्तो शक्ति अन्य दूधमा हुँदैन।
घरबाहिर काममा जाने महिलाले आफ्नो दूध दुहेर सफा भाँडोमा राखिदिए बच्चालाई त्यही दूध ख्वाउन सकिन्छ। यसरी दुहेको दूध ८ घन्टासम्म बिगँ्रदैन। एचआइभी संक्रमित महिलाले जन्माएको शिशुमा स्तनपानमार्फत एचआइभी सर्ने सम्भावना हुन्छ। शिशुलाई एचआइभी सरिसकेको अवस्थामा भने कम्तीमा ६ महिनासम्म दूध ख्वाउनुपर्छ।
यति धेरै फाइदा रहेको विषयलाई सबैले स्वीकार गरून् भनेर वकालत गर्न उपयुक्त छैन त ? विश्वका १ सय ५० राष्ट्रभन्दा बढी सम्मिलित विश्व स्तनपान संगठन तथा स्तनपानका लागि वकालतकर्ताहरू विगत२० वर्षदेखि हरेक वर्ष अगस्त १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाउँछन् । नेपालमा पनि यो दिवस हरेक वर्ष साउन महिनाको दोस्रो हप्ता अंग्रेजी क्यालेन्डरअनुसार मनाइन्छ ।
बालबालिकाको स्वास्थ्य प्रवर्द्धनका लागि सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ । उपमा तिम्रा बात, तिम्रा च्याट, तिम्रा कुरा सबैले स्तनपानको महत्वबारे जानकारी गराउन सकून् । बोल्न नसक्ने बालबालिकाको अधिकार संरक्षणका लागि आवाज निकाल्नु तिमी हामी सबैको कर्तव्य हो । यो कर्तव्यमा सामूहिक हस्ताक्षर गरौं ।
ल त आजलाई यति नै । अर्को महिना तिम्रा अरू जिज्ञासाको उत्तर दिन उपस्थित हुनेछु ।
उही तिम्री सिर्जना दिदी
-लेखिका सेभ द चिल्डे्रनसँग आवद्ध हुनुहुन्छ)
रलाद योञ्जन
नेपालका यस्ता जीव बैज्ञानिक थिए,जो देशमा कम र विदेशमा बढी,अनि नामले कम र कामले ज्यादा चिनिन्थे। उनी चुपचाप काम गर्न रुचाउने मानिसथिए र सकेसम्म प्रचारप्रसारको दुनियाँबाट टाढै रहन मन पराउँथे । रेड पाण्डामा पिएचडी र दुईदुईबिषयमाएम.एस्सीगरेकाउनीआफनोनामकोअगाडिडाक्टर लेख्दैनथे । नेपालमा उन्को नाम चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९४ मा संसारकै दुर्लभ एकसिंगे गैडा गन्ती गरेपछि चल्न थालेको हो ।त्यसैताका नेपाल सरकारले जर्मनीलाई गैडा उपहार दिने निर्णय गरेको थियो । त्यो निर्णय किन गलत छ भनेर उनी खुलेर बिरोधमा उत्रेपछि नेपाली पत्रकारले उनलाई चिनेका हुन् । अनुसन्धान, तथ्य र तर्कमा आधारित खरो बिचार उन्को बिशेषता थियो । संसारको जुनसुकै देश र कुनामा काम गरे पनि नेपालको हित र नेपालीपन उनको अर्को बिशेषता थियो । नेपालमा पहिलोपल्ट एक नेपालीको नेतृत्वमा गैडा गन्ती हुने भएपछि बिबिसीले त्यसको छायांकन गर्न चाहेको थियो । आरक्ष तथा निकुञ्जहरुमा भिडियो छायांकन गर्न कुनै पनि बिदेशी संस्थाले नेपाल सरकारलाई १० हजार डलर शुल्क तिर्नुपर्छ । त्यसबाहेक हात्ती तथा अन्य साधन प्रयोग गरेको शुल्क बेग्लै ! त्यसबेला डा. उदय शर्मा निकुञ्ज बिभागका प्रमुख थिए । डा. शर्मा बिबिसीलाई छायांकन गर्न अनुमति दिन चाहान्थे, तर प्रलाद मानेनन् । कारण, बिबिसीको टोलीले
छायांकन गर्दा आफ्नो अनुसन्धान प्रभावित हुनसक्छ, उनीहरुले रिटेक गरिदिनु प¥यो भन्छन् । उनीहरुको अनुकुल ठाउँमा टेण्ट गाडि दिनुपर्छ । र, उनीहरुले भनेका कुरा मान्दा आफ्नो काम लम्बिन्छ र प्रभावित हुन्छ भन्ने उन्को मूल्यांकन थियो । त्यसैले, डा. शर्माले चाहेर पनि प्रलादले नचाहेका कारण बिबिसीले गैडा गन्तीको छायांकन गर्न अनुमति पाएन । तर, नेपाली बिशेषज्ञले गरेको पहिलो गैडागन्ती छायांकन हुनु
आफैमा महत्वपूर्ण हो भन्ने मलाई लाग्यो । मैले प्रलादलाई भने, तपाईको पिरलो म बुझ्छु, त्यसैले, मलाई छायांकन गर्न अनुमति दिनोस् । हामी तपाईले जे गर्नुहुन्छ, त्यो मात्र खिच्छौं । तपाईको काममा कुनै असर
पार्दैनौं । धेरै समय नलगाई उन्ले भने “उदयलाई मनाएर चितवन आउनोस्, तर मेरो कुनै पनि काममा दखल दिन पाउनुहुन्न !” नेपाल वातावरण पत्रकार समूहको तर्फबाट गैडा गन्तीको छायांकन गर्न निकुञ्ज विभागमा निवेदन दर्ता भएपछि डा. उदय शर्मा हैरान र अलि आक्रोसित हुनु स्वाभाविक थियो । निकुञ्जले बिबिसीबाट पाउने १० हजार डलर गुमाएको बेला निशुल्क अनुमति दिन उन्ले अप्ठेरो मान्नु स्वाभाविक थियो । हामीले स्वीकृति पाएनौं । निकुञ्जको स्वीकृति बिना छायांकन गर्नु र त्यसका लागि चाहिने हात्तीको जोहो गर्नु संभव थिएन । त्यसैले, चितवन जान लागेका प्रलादलाई हतारमा भेटेर मैले फेरि छायांकन, हात्ती र अरु आवश्यक सहयोग मागे । धेरैबेर घोरिएपछि उन्ले भने “क्यामेरा बोकेर नारायणी नदीको किनारमा आउनोस् ! उदयसँग मै कुरा गरौंला !” संयोग कस्तो भने हामी र डा. उदय शर्मा चितवनको जंगलमा पुग्ने दिन र समय उस्तै प¥यो । उदयले हामीलाई देखेर अप्ठेरो माने । हामीले पनि असजिलो मान्यौं, तर काम शुरु नहुँदै छायांकन टोलीका हामीलाई (धु्रव बस्नेत, अनिल महर्जन, केदार शर्मा म) ठूलो युध्द जितेको अनुभव हुनथालेको थियो ।
कसराछेउमा पर्खिरहेका हात्ती चढेर हामी नारायणी किनारमा पुग्यौं, जहाँ प्रलादको क्याम्प थियो । जंगलको बीचमा पन्ध्रवटा हात्ती, ३० जना हात्तीसारे र १० जनाको गणक टोली थियो । बिहान ५ बजे हात्तीमा चढेर
एउटा तातो अण्डा खाएका भरमा ११ बजेसम्म १५ वटा हात्तीको लस्कर अघि बढ्थ्यो र
हात्तीको बिचमा परेका गैडाको दाँया र बाँया दुबैतिरबाट तिन्को मार्किंङ्ग हुन्थ्यो । ११ बजे क्याम्पमा आएर
खाना खाएपछि उनी झण्डै ५ बजेसम्म हरेक गणकका फारम चेक गर्थे र भोलिपल्टको योजना बनाउँथे ।
विहानैदेखिहौदाबिनाकोहात्तीमालच्किँदाहाम्राबस्ने ठाउँमा सात दिनमा घाउ भए । तर, उनलाई यो काम गर्न डेढ महिना लाग्यो । छायांकन अवधिभर उन्ले क्यामेरा र साउण्डका लागिएउटा सिंगोहात्ती दिए । हामी २ जनालाई गणकका हात्तीमा राखेर गैडा गन्ती हेर्न, जंगलमा खाने र बस्ने व्यवस्था पनि उनैले गरेका थिए । बिभागले नदिँदा नदिदै पनि उन्ले हामीलाई किन पत्याए भनेर कुरा हुँदा पछि उन्ले मलाई भने “नेपालीले गरेको काम नेपालीले नै रेकर्ड गर्ने भएकाले !” नेपालको संरक्षण क्षेत्रमा भित्रभित्रै धेरै राम्रा नराम्रा काम हुन्छन् भन्ने कुरा थोरै मानिसलाई मात्र थाहा हुन्छ । प्रलाद यो कुरा राम्ररी बुझ्थे र
बिदेशमा जहाँ काम गर्दा पनि देशका सबै गतिविधि नियाल्थे । अनुसन्धानको काममा भुटानको जंगलमै रमाइरहेका प्रलाद एकपल्ट अचानक काठमाडौंमा देखिए । “एउटाले बोलाएर आएको, एक दुई दिनमै फर्किन्छु” मैले सोधीखोजी गर्दा उन्ले भने । त्यो भन्दा बढी केही भनेनन् । त्योबेलानेपालकापत्रपत्रिकामापशुपतिकाबाँदरबारे एउटा खबर छ्याप्छ्याप्ती थियो । नेपालबाट अमेरिका बाँदर निर्यात गर्ने तयारी भैरहेको थियो । केही दिनपछि प्रलाद अनुसन्धानकै काममा भुटान फिरे । बाँदर
अमेरिका पठाउने सरकारी निर्णय पनि सानोतिनो विवादपछि रोकियो । भुटानमा काम सकेर फर्केपछि उन्ले करीब दुई पन्नाको कागज देखाए, जस्मा उन्ले नेपालबाट अनुसन्धानका लागि अमेरिकामा बाँदर
पठाउन हुन्छ कि हुँदैन भन्ने
Confusion मा नै पर्ने नौ वटा सत्यतथ्य Facts : (अबश्य पढ्नुहोला)
1. के तपाई पानी भित्र रुन सक्नुहुन्छ ? (Can u cry under the water?)
2.के माछाहरु तिर्खाउछन् होला त ?
(Do fishes ever get thirsty? )
3.चराहरु किन सुतेको बेलामा रुखबाट खस्दैनन् ?
(Why dont birds fall from the trees when they sleep?)
4.किन चाँही बनिसकेको घरलाइ बुइल्डिङ्ग भनिन्छ ?
( Why is it called building when it was already built?)
5.किन मानिसहरु कुकुरको खानेकुरा नँया एवं गुणस्तरीय भन्छन् ? कसले चाखेको हुन्छ र ?
( When they say dogs food is new and improved, who tastes it?)
6.यदी रुपैयाँपैसा रुखमा फल्दैन भने कसरी बैङ्कको Branches हुन्छ ?
( If money doesnt grow on trees then why do banks have branches?)
7.किन गोलो पिज्जा बर्गाकार वक्समा राखिन्छ ?
( why does round pizza come in a squarebox?)
8.गमले आफ्नै बट्टा किन टाँस्दैन वा किन गम आफ्नै बट्टामा टाँसिदैन ?
( Why doesnt glue stick 2 its bottle?)
9. "I Love You " भन्नाले प्रश्न बुझिदैन तर किन उत्तर वा जवाफको आबश्यकता पर्छ ?
( "I Love You" is not a question then why does
it need an answer?)
paर्नुभो त कन्फ्युजमा ? Comment Please !!
VIA : Wilson Bikram Rai (तक्मे बुडा)
मंगल ग्रहमा जीवनको सम्भावना ९९ प्रतिशत
सन् १९७६ को जुलाइमा भीकिंग १ नामको अन्तरिक्षयान पहिलोपटक मंगलग्रहमा पुगेको थियो । त्यसबेला उक्त अन्तरिक्षयानले मंगलग्रहमा जिवनको कुनै सम्भावना फेला पारेन । तर सोही यानले संकलन
गरेका नमुनाको लगातारको परीक्षणपछि भने मंगल ग्रहमा जिवनको सम्भावना रहेको तथ्य फेला पर्यो ।
वैज्ञानिकहरुले अहिले भने मंगल ग्रहमा जिवनको सम्भावना ९९ प्रतिशत रहेको बताउन थालेका छन् । मंगल ग्रहबाट विभिन्न समयमा लिइएका माटोका नमुना परीक्षणका क्रममा त्यहाँ जीवको अस्तित्व रहेको बलियो प्रमाण फेला परेको खोजकर्ताहरु बताउँछन् । क्यालिफोर्नियाको केक इन्स्िटच्युट तथा साइना विश्व विद्यालयका खोजकर्ताहरुले गरेको नमुना परीक्षणबाट यस्तो निष्कर्ष निकालिएको बताइएको छ । उनीहरुले
माटोको नमुनाको परिक्षणका क्रममा त्यहाँ ब्याक्टेरिया फेला परेको बताएका छन्। चलायमान ब्याक्टेरिया उक्त नमुनामा फेला परेपछि मंगल ग्रहमा जीवको अस्तित्व भएको कुरा ९९ प्रतिशत सही रहेको खोजकर्ता बताउँछन् । मंगल ग्रहमा आगामी दिनमा गरिने अनुसन्धानले यो कुराको थप पुष्टी गर्ने खोजकर्ताको भनाइ छ
सौर्य आँधीको सुरूवात । हिजो मात्रै एउटा सौर्यज्वाला निस्किएको नासाद्वारा खुलासा
सूर्यको उत्तरपूर्वी क्षेत्रबाट हिजो निकै रोचक ज्वाला निस्किएको नासाले जनाएको छ । सूर्यबाट निस्किएको उक्त ज्वाला अन्तरिक्षमा सुन्दर आँधीबेहेरीको रुपमा फैलियो । हिजो बेलुकी देखिएको सौर्यज्वाला धेरै वर्ष यता सूर्यमा देखिएको ज्वालामध्ये सबैभन्दा सुन्दर रहेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ ।
उक्त सौर्यज्वालालाई नासाले आफ्नो अत्याधुनिक क्यामरामा कैद समेत गरेको छ । उक्त सौर्यज्वाला औषत
लम्बाइको भएको नासाको भनाइ छ । नासाले आफ्नो भू उपग्रहमार्फत सौर्यज्वालाको उक्त
रोमाञ्चक दृश्य खिचेको हो । उक्त ज्वाला अन्तरिक्षमै नष्ट भएको थियो जुन पृथ्वी सम्म आउन पाएन ।
केही महिना अघि सूर्यबाट निस्केको त्यस्तै ज्वाला पृथ्वीको वायुमण्डलीय क्षेत्रसम्म आएर ठोक्किएको थियो
पहिलो उड्ने कारको सफल परिक्षण
कारमा गुड्दा गुड्दै ट्राफिक जाम भयो भने तुरुन्तै उड्न मन पाए हुन्थ्यो भनेर तपाईले थुप्रै बर्ष बिताउनुभयो होला । तपाईको यो कल्पना अब सत्यमा परिणत भएको छ । नेदल्याण्डमा बनेको ‘पीएभी वन’ (The Personal Air and Land Vehicle) नामक नयाँ उड्ने कारको परिक्षण सफलतापूर्वक सम्पन्न भएको उत्पादक
कम्पनीले जनाएको छ । गएका दुई साता भएका परिक्षण सफल रहेको सो कम्पनीले सोमबार जनाएको छ । तीन पाङ्ग्रे यो नयाँ कार सानो चिटिक्क परेको छ । गुड्दा गुड्दै उड्नुपरेमा कारको माथि राखिएका हेलिकोप्टरका जस्ता पङ्खा खुल्छन र यो फटाफट आकाशमा हेलिकोप्टर झैं उड्छ ।
फेरि जमिनमा ल्याण्ड गरेपछि यसका पंख्या खुम्चिन्छन र मजाले गुड्न थाल्छ । गुड्दा र उड्दा यो कार करिव एक सय ८० किलोमिटर प्रति घण्टा गतिमा चल्ने उत्पादक कम्पनीका सिइओ रोवर्ट डिङमान्सेले वताए । जस्तोसुकै ठाउँमा पनि ल्याण्ड गर्न सकिने यो उडने कारलाई उड्न करिव १ सय ६५ मिटरको मैदान आबश्यक पर्ने छ । उत्पादकले यो कार सुरक्षित भएको पनि दावी गरेका छन् । उड्दा उड्दै इन्जिन फेल
भए पनि पंखा घुमिरहने छन र सुरक्षित रुपले अबतरण गर्न सकिने छ । कारको चर्चासँगै ग्राहकहरुबाट अर्डर आउन सुरु गरेको भन्दै कम्पनीले छिटै ब्यबसायीक उत्पादन थाल्ने बताएको छ ।
२० वर्ष ढुक्कले बल्ने बिजुलीको बल्ब
तपाइँले आफ्नो घर कोठामा प्रयोगगर्नुभएको बिजुलीको बल्ब कति समयसम्म चल्छ ? सायद केही महिना देखि बढिमा वर्षदिनसम्म । तरअमेरिकामा यस्तो बल्बको निर्माण गरिएको छ जो २० वर्षसम्म निरन्तर बाल्दापनि बिगि्रँदैन । यो बल्बलाई डच कम्पनी फिलिप्सले बनाएको हो । साधारण बल्बमा प्रकाश दिनको लागि प्रयोग गरिने फिलामेन्टको साटो यो बल्बमा लाइट इमिटिङ डायोट अर्थात् एलइडी प्रयोग गरिएको छ ।
यहीँ एलइडीको कारण यो बल्बको आयु २० वर्ष भएको हो । अमेरिकाको उर्जा मन्त्रालयले आइतबार
पृथ्वी दिवसको अवसरमा गरेको ब्राइट टूमरो नामको प्रतियोगितामा फिलिप्सले उक्त बल्बको डिजाइन प्रस्तुत गरेको हो । २० वर्ष आयु भएको उक्त बल्ब प्रतियोगितामा पहिलो भएको छ । ६० वाटको सामान्य बल्बले भन्दा यो एलइडी बल्बले कम बिजुली खपत गर्ने र बढि उज्यालो दिने बताइएको छ । यो एलइडी बल्बको मुल्य ६० डलर अर्थात् झण्डै ५ हजार रुपैयाँ पर्नेछ । अब छिटै यो बल्बलाई अन्तराष्ट्रिय बजारमा पठाइने फिलिप्सले जनाएको छ ।
हामीलाई ज्वरो कसरी आउँछ ?
ज्वरो आफैं रोग होइन, यो त अरू नै कुनै रोगको लक्षण मात्र हो । तर ज्वरो कसरी आउँछ त ? हाम्रो शरीरमा कुनै रोगको किटाणु पसेर संक्रमण गर्नथाल्यो भने हम्रो शरीरभित्र पहरा दिइरहेका रोगप्रतिरोधात्मक क्षमता समुहमध्ये एक माइक्रोफेजले थाहा पाइहाल्छ, बाहिरका शत्रुहरूले हमला गरेका छन भनेर । त्यसपछि माइक्रोफेजले भ्याएसम्म किटाणुहरूलाई निल्न थाल्छ । माइक्रोफेजको चहलपहल बढेपछि अर्को शरीरको सुरक्षादल टी सेल र इन्टरफेरोन्सले थाहा पाउछन र तिनीहरू पनि शत्रुसितको युद्धमा सामेल भइ लड्न थाल्छन । यसरी युद्ध गर्दा पनि शत्रु नसकिएमा टी सेलको युद्धको चाल पाएर अर्को शरीर रक्षादलका सदस्य बी सेल लगायत अन्य सेलहरू पनि सामेल हुन्छन । बी सेलले एण्टीबडीको निर्माण गर्दछन । एण्टीबडी भनेको Y आकारको प्रोटिनकै पिण्ड हो, जसले भाइरस वा व्याक्टेरियालाई राम्ररी चिन्छन र उनीहरूसँगै मिलेर शत्रुलाई निस्तेज गरिदिन्छ । यदि यस्तो गर्दा पनि शत्रुपक्ष हारेनन् भने युद्धको अन्तिम रणनीति अनुसार साइटोक्सिन टी सेलले घातक रासायनिक हतियाररूपी अर्को प्रोटिन-पिण्ड प्रहार गर्दछन र शत्रुपक्षलाई धराशयी गराउँछन । यसरी कुनै रोग लाग्दा शरीरमा लडाइ हुन्छ । शरीरमा अधिक इन्जाइम, हर्मोन र रक्तकोषहरूको निर्माण गर्नुपर्ने हुन्छ । फलस्वरुप शरीरमा रगतको प्रवाह बढ्न जान्छ । यहि कारणले गर्दा शरीरको तापक्रम सामान्य अवस्थाको तापक्रम ९८.६ भन्दा वृद्धि हुनपुग्छ । शरीरको यही तापक्रम बढ्ने प्रक्रियालाई हामी ज्वरो आएको भन्छौं ।
प्रविधिको कमाल !
अष्ट्रियाका एक कम्प्युटर व्यवसायीले आफ्नो महङ्गो ल्यापटप चोरी भएपछि चोर पक्राउ गर्न नयाँ तरिका फेला पारे । त्यो तरिका उनले प्रयोग मात्र गरेनन् कि सफल समेत भयो ।
एनानोभा एजेन्सीका अनुसार अष्ट्रियाका ४५ वर्षीय थोमस कारेर पसलमा नभएको मौका पारेर दुइ टीन एजर ठिटाहरुले १ हजार पाउण्ड रकम पर्ने ल्यापटप पसलबाट चोरेर टाप कसे । सौभाग्य कस्तो भने, उनले पसलमा सीसीटीभी चाहिँ राखेका थिए । जसले ती टीन एजर केटाहरुले चोरेको भिडियो रेकर्ड गरेर राखेको रहेछ ।
उनले त्यो भिडियोलाई इन्टरनेटको युट्यूबडटकममा पोष्ट गरिदिए । त्यो भिडियो हेर्ने युट्यूबका दर्शकहरुले ती दुइ केटालाई चिनेर कम्प्युटर पसले थोमस कारेरलाई खबर गरे । अनि थोमसले प्रहरीलाई खबर गरेर ती ठिटालाई पक्राउ गरे ।
युट्यूबमा राखिएको भिडियोमा एउटा ठिटो बाहिर मान्छे आउँछन् कि भनेर हेर्ने र अर्को चाहिँ ल्यापटपलाई बोकेर ज्याकेट भित्र घुसाउँदै गरेको दृश्य राखिएको थियो ।
प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।
विश्वकै होचा डाँगी गाउँदेखि सहरसम्म
गिनिज बुक अफ वल्र्ड रेकड्समा विश्वकै होचा व्यक्तिका रूपमा नाम लेखाएका नेपालका खगेन्द्र थापाको उपाधि फिलिपिनोले खोसेको एक वर्ष नबित्दै पुनः नेपालका चन्द्रबहादुर डाँगीले आफ्नो नाम विश्वकै होचा व्यक्तिका रूपमा दर्ता गराएका छन्।
विश्वकै होचा व्यक्ति फेला परेको समाचार सार्वजनिक भएपछि गिनिज बुक अफ वल्र्ड रेकड्सका प्रतिनिधिहरु चन्द्रबहादुरको उचाइको नाप लिन मुख्य कार्यालय लन्डनबाट नेपाल आएका थिए। गिनिज बुकले नै दाङको रिमकोली गाउँका डाँगीलाई विमानमार्फत काठमाडौं ल्याएके थियो। गत आइतबार काठमाडौंमा चन्द्रबहादुरको उचाइको तीनपटक नाप लिएपछि गिनिज बुक अफ वल्र्ड रेकड्सका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीलाई विश्वकै होचो व्यक्ति
Details ON:
http://www.science-tbt.blogspot.com/p/amazing-facts.html
आवाजले चल्ने टिभी
अब रिमोट कन्ट्रोलको के कुरा, आवाज अनुसार टेलिभिजन खोल्न बन्द गर्न सकिनेछ। त्यति मात्र होइन आवाजले नै च्यानल बदल्ने र भोल्युम सानो/ठूलो वनाउने काम गर्नेछ। कोरियाका दुई प्रतिद्वन्द्वी कम्पनीले यस किसिमको प्रविधिले युक्त टेलिभिजन बजारमा उतारेका छन्। दुवै कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको इलेक्ट्रोनिक्स एक्स्पोमा त्यस्ता टिभी प्रदर्शन गरेका हुन्।
एलजी इलेक्ट्रोनिक्सको हाइ इन्ड फ्ल्याट प्यानल टिभीमा एक किसिमको रिमोट पाइन्छ, जसमा माइक्रोफोन जडान गरिएको छ। उक्त माइक्रोफोनमा वोलेर टिभीलाई आफ्नो इशराअनुसार चलाउन सकिन्छ। त्यति मात्र कहाँ हो र ? आफूले बोलेको कुरा टेक्समा बदलिन्छ। उक्त टेक्सलाई ट्वीटर वा वेब सर्चमा पनि प्रयोग गर्न सकिन्छ। यसअघि बोलेर टिभी नियन्त्रण गर्न सकिँदैनथ्यो।
एक्स्पोमा सामसुङ इलेक्ट्रोनिक्सले पनि आवाजवाट नियन्त्रित हुने टिभी प्रस्तुत गरेको छ। यसका साथ सामसुङले यस्तो टिभी सार्वजनिक गर्दैछ, जसमा क्यामेरा जडित हुनेछ। उक्त टेलिभिजन सेटले हातको इशारा पनि पालना गर्नेछ।
परिक्षाको बेलामा दिउँसो पढ्नु नै उपयुक्त
परीक्षाका बेला रातभरी बसेर पढ्नु भन्दा दिउँसो पढेर राति पुरै निद्रा सुत्नु उपयुक्त हुने एक अनुसन्धानले देखाएको छ । भारतको जवाहरलाल नेहरु विश्वविद्यालय अन्तर्गतको स्कुल अफ लाईफ साईन्सेजको टोलीले
गरेको अनुसन्धानले राम्रो निद्राले दिनमा पढेको कुरा दोहो¥याउन र सम्झिनमा महत्वपूर्ण भूमिका खेल्ने देखाएको हो ।
कम समय मात्रै निदाउनेले पढेको कुरा निकै कम मात्रै सम्झिने अनुसन्धानकर्ताको दावी छ । अनुसन्धान टिमका प्रमुख डाक्टर सुशील झाले कुनै पनि किसिमको तालिम या कडा खालको बौद्धिक अभ्यासपछि मान्छे बढी निदाउनुमा उसको थकान जिम्मेवार नभएको भन्दै मस्तिष्कको सम्झिन सक्ने क्षमता वृद्धि गर्ने प्रोटिन सक्रिय हुने भएकाले मान्छे कडा परिश्रमपछि निदाउने गरेको दावी गर्नुभयो । मस्तिष्कले नै विश्राम खोज्ने भएकाले पुरै निद्रा सुत्नेहरुको स्मरणशक्ति पनि बलियो हुने अनुसन्धानको ठहर छ ।